सामाजिक अभियन्ता पाण्डेको अग्रसरतामा अर्घाखाँचीमा ‘फूड बैंक’ संचालन

सबैको सन्देश /शक्ति महत

अर्घाखाँचीमा आजदेखिफूड बैंक संचालनमा ल्याइएको छ । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने मुल नाराका साथ आज बिहान १० बजेदेखी बेलुका ५ बजेसम्म फुड बैंक पहिलो चरणमा सन्धिखर्कमा संचालन गरिएको हो । गरिब, निमुखा तथा विपन्न वर्गका परिवारको अवस्थालाई मध्यनजर गर्दे ‘फूड बैंक’ संचालनमा ल्याइएको सामाजिक अभियन्ता तथा समाजसेवी सचिन पाण्डेले बताउनुभयो । यसका लागि जिल्लास्थित यूवा हलिम खान लगायतको सहयोग रहेको छ ।आर्थिक अवस्था सबल भएकाले यो अभियान लाई निरन्तरता दिनको लागि आफु सक्दो सहयोग गर्न पाण्डेले आग्रह समेत गर्नुभएको छ ।

सन्धिखर्क नगरपालिका–१ शान्तीबगंैचा भएको कार्यक्रम निरन्तर रहने र हुनेले नहुनेलाई सहयोग गर्न सबैलाई अपिल गरिएको छ । कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनका कारण दैनिक छाक टार्न मजदुरी गर्ने मजदुरका लागि ‘फुड बैंक’ निकै उपयोगी र प्रभावकारी हुने आशा आम सर्वसाधरणले गरेका छन् ।

कोरोना महामारी र लकडाउनका कारण श्रमिक वर्गलाई आफ्नो जिविका चलाउन गाह्रो भएको भन्दै यसअघि पनि यस्ता बैंक काठमाण्डौं लगायत अन्य ठाउँमा संचालनमा ल्याइएको छ भने विस्तारको समेत योजना रहेको पाण्डेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close