अर्घाखाँचीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा १ जना र पाणिनी गाउँपालिकामा १ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ३ सय ८९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालिकामा ३ जना कोरोना मुक्त भएसंगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ३ सय ८९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

अब सक्रिय कोरोना संक्रमितको संख्या ४९ रहेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा २३ जना,भुमिकास्थान नगरपालिकामा ९ जना,शितगंगा नगरपालिकामा ३ जना,मालारानी गाउँपालिकामा ९ जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा २ जना गरि जिल्लाभरमा ४९ जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८५ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close