वडाध्यक्षमा हारेका रमेश ४ वर्षपछि वडाध्यक्षमा निर्वाचित

जनकपुर । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा महोत्तरीको एक वडामा हारेको भनिएको वडाध्यक्षका उम्मेदवार आज विजयी भएका छन् ।निर्वाचन सकिएको ४ वर्षपछि आज स्वतन्त्र उम्मेदवार रमेश राय मनरासिस्वा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा निर्वाचित भएका हुन् ।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पराजित राय र नेपाली कांग्रेसका अरुणकुमार चौधरीबीच कडा प्रतिस्पर्धा भएको थियो ।निर्वाचनको मतगणनाका क्रममा दुबै उम्मेदवारको मत बराबर आएको भनेर गोला प्रथाबाट वडाध्यक्ष निर्वाचित गरिएको थियो। र, गोला प्रथाबाट वडाध्यक्षमा चौधरी निर्वाचित भएका थिए ।

तर, निर्वाचन स्वच्छ नभएको रायले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए । निर्वाचन सकिएको ४ वर्षपछि उच्च अदालत जनकपुरको आदेशमा आज पुनः मत गणना गरिएको थियो ।आज भएको २ मतले राय वडाध्यक्षमा विजयी भएका हुन् ।२०७४ असोज २ मा भएको स्थानीय तह चुनावमा दुबै जनाले २६७ मत ल्याएको भनिएको थियो । तर, आज भएको मत गणनामा रायले २६८ र चौधरीले २६६ मत ल्याएका छन् । साथै, ९९ वटा मत बदर भएको पाइएको छ।.news24nepal

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close