प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता बनाउनेको भिड

सागर महत/ अर्घाखाँची ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता र राहदानी बनाउनेको भीड लाग्न थालेको छ ।चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन जिल्लामा आउने भएकाले यही समयलाई सदुपयोग गर्ने भएकोले नागरिकता र राहदानी बनाउनेको चाप बढेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यस अघि प्रशासन कार्यालय बाट दैनिक ३० देखि ३५ नागरिकता वितरण हुँदै आएकोमा हिजो (आइतबार) मात्र एकै दिन १ सय ९९ जनाले नागरिकता बनाएर वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।आज पनि १ सय ५५ जनाले नागरिकता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खनालको भनाइ छ ।

नागरिकता बनाउनको लागि सनाखत गर्न आएका अभिभावक चौरमा बसी भलाकुसारी गदै

    सेवा प्रदान गदै सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close