कुखुरा चाेर्न आएकाे चितुवाको गर्धन समातेपछि

बागलुङको बडिगाड गाउँपालिका– ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये कोही खायो, कोहीलाई मार्यो । कुखुरा नष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका छन् ।

खोरको जाली च्यातेर भित्र छिरेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोरभित्रै रह्यो ।

खोर अगाडिको फाँटका बारीमा अग्ला पाक्दैगरेको कोदो छ । खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लागेको थियो । बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै जाँदैगर्दा चितुवा फेरि फर्कियो, स्थानीयको अगुवाईमा बडिगाड गाउँपालिका– ८ निवासी राजन पाईजा हुनुहुन्थ्यो ।चितुवा फर्केर मान्छेतिर आएपछि राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्नभयो । चितुवाले आक्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल हुनु भएपछि नजिकमा भएका सबैले चितुवालाई समाते ।चितुवा नियन्त्रणमा लिनेबेला पाईजाको खुट्टामा सामान्य चोप लागेकाे छ । पछिल्लो खुट्टाको भागले कोतर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताउनुभयो । ‘भाग्यले ठूलो क्षति हुन पाएन’ उहाँले भन्नुभयो– ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्घनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाईजाको भनाई छ ।आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close