कविता- पर्वसँगै संक्रमण

पारस भट्टराई, अर्घाखाँची ।

कोरोनाको संक्रमण दर घट्दै छ जसै

संक्रमण दर बढाउन फेरि आयो दशैं

 

सबैजना सचेत हौं भ्रममा कोही नपरौं

संक्रमण यथावत छ माक्स प्रयोग गरौँ

 

माक्सको सधै प्रयोग गरौँ आशिर्वाद दिदाँ

भौतिक दुरी कायम गरौं आशिर्वाद लिदाँ

 

घरबाट बाहिर ननिस्कौं लाग्दा रुघाखोकी

कतै हामी हिड्दै छैनौं कोरोनालाई बोकी

 

पहिले सबैजना कोरोना संक्रमणसंग डराए

अनाबश्यक जमघट नहौं खेल्दा खेरी सराए

 

सामान्य अवस्था होस् वा कोभिड महामारी

अनिवार्य माक्स लगाउने हाम्रो जिम्मेवारी

 

हामिले कुरा बुझ्नपर्छ यस्तो अवस्थालाई हेरी

अनावश्यक जमघट नहौं संक्रमण दर बढ्ला फेरी

 

सतर्कता अपनाऊ हामी यस्तो अवस्था थाहा पाई

सबैले खोप लाए तर खोप छैन बालबालिकालाई

 

भाईरल ज्वरो आएपनि जाउँ कोरोना संक्रमण जाँच्न

सतर्कता अपनाउनु होला छ भने तपाईंलाई नि बाँच्न

 

सबैजनाले अझै पनि यसलाई त महामारी नै लिउँ

संक्रमण रोक्नलाई सबैले सरकारलाई साथ दिउँ

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close