सुत्नुअघि दूध पिउनुका फाइदा

सामान्यतयाः राति सुत्नु अगाडि मनतातो दूध पिउन सल्लाह दिइन्छ । वैज्ञानिकहरूले रातको समयमा दूध पिउनुपर्ने एक नयाँ कारणको खुलासा गरेका छन्। उनीहरूका अनुसार सुत्नुअघि मनतातो दूध पिउँदा राम्रो निद्रा पर्छ र निन्द्रा लाग्न लामो समय लाग्ने समस्या पनि हल हुन्छ।

यो दाबी चीनको नेसनल नेचुरल साइन्स फाउन्डेसनमा भएको अनुसन्धानको आधारमा गरिएको हो । अध्ययनकर्ताका अनुसार उक्तअध्ययनमा मनतातो दूधले अनिद्राको समस्याबाट बचाउने देखिया ।

अध्ययनकर्ताकाअनुसार दूधमा ट्रिप्टोफन नामक अमिनो एसिड हुन्छ। अनुसन्धानको क्रममा भेटिएको तथ्यअनुसार त्यसमा मिल्क पेप्टाइड केसीन हाइड्रोलिसेट पनि पाइन्छ जसले तनाव घटाउने काम गर्छ र निन्द्रामा सुधार ल्याउँछ । यी दुबै तत्व मिलेर अनिन्द्राको समस्या हल गर्छन्।

अध्ययनमा दूधसँग निद्र्राको सम्बन्धबारे खोेजी गरिएको थियो । सोही क्रममा मुसामा सुरुमा स्लीप टेस्ट भयो । अध्ययनमा पाइएअनुसार दूधमा हुने खास किसिमको मिल्क पेप्टाइडले नै निन्द्रा लगाउनमा मद्दत गर्छ।

बेलायतस्थित रिडिङ यूनिभर्सिटीका अध्ययनकर्ताकाअनुसार सुत्नेबेलामा दैनिक एक गिलास दूध पिउँदा मुटु रोग र स्ट्रोकको खतरा १४ प्रतिशतले कम हुन्छ। दैनिक एक गिलास दुध पिउनेमा कोलेस्ट्रोलको स्तर पनि कम हुन्छ। त्यसकारण पनि यसले मुटुरोगको खतरा कम गर्छ। शरीरमा कोेलेस्ट्रोलको मात्रा बढेपछि मुटुबाट शरीरमा रगत पुर्याउने नली बन्द हुन्छ। फलस्वरुप हृदयघात र स्ट्रोकको खतरा बढ्छ।

कतिपयमा दूध पिएपछि डायबिटिज हुने खतरा बढ्छ भन्ने मानसिकता पनि छ। तर, नयाँ अध्ययनमा दूध धेरै पिएर डायबिटिज हुने कुनै पनि प्रमाण भेटिएन। हाम्रो हड्डीको लागि दुध निकै जरुरी हुन्छ र यसले भिटामिन र प्रोटिनको कमी पनि पूरा गर्छ।

गाईको शुद्ध दुधमा ८८ प्रतिशत पानी र प्र्रोटिनसँगै गुड फ्याट र भिटामिन डिको मात्रा अधिक मात्रामा पाइन्छ। ओमेगा–३ फेट्टी एसिड हुने भएका कारण यो मुटु र डायबिटिजका रोगीका लागि फाइदाजनक हुन्छ। केही अध्ययनमा देखिएअनुसार दूधमा मेटाबोलिजमलाई दुरुस्त बनाउन र रक्तचापलाई सन्तुलनमा राख्नमा पनि मद्दत गर्छ।

कसैकसैलाई दुधले एलर्जी पनि हुन सक्छ। उनीहरूले विकल्पमा सोया मिल्कको सेवन गर्न सक्छन्। त्यसमा उच्च मात्रामा प्रोटिनसँगै क्याल्सियम र आइरनको मात्रा पनि पाइन्छ। सोया मिल्कमा नौ किसिमका अमिनो एसिड पाइन्छन् जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। तर, यो दूध सेवन गर्दा चिनीको मात्रा कम लिँदा राम्रो हुन्छ।
नरिवलको दूधमा पोषण तत्व निकैै धेरै पाइन्छ। त्यसमा फाइबर, भिटामीन सी, इ, बी, आइरन, सोडियम, म्याग्नेसियम, फ्रसफोरस पाइन्छ। ल्याक्टोज फ्रि भएका कारण यो दुधले पनि मुुटुरोगबाट बचाउँछ।

उच्च रक्तचाप र कोलेस्ट्रोलको समस्या भएकाले स्किम्ड दूध पनि सेवन गर्न सक्छन्। विशेषगरि ३५ वर्षको उमेरपछि यसको सेवन गर्नु राम्रो हुन्छ। त्यसमा फ्याटको मात्रा जम्मा ०.३ प्रतिशत हुन्छ जसकारण तौल कम गर्न चाहनेले यसलाई डाइटको रुपमा सेवन गर्न सक्छन्।

वजन घटाउने इच्चा नभएका तर फिट हुन चाहनेले डबल टोन्ड दूध पिउन सक्छन्। त्यसमा फ्याटको मात्रा कम हुने भएका कारण मुटुरोग र स्ट्रोकको खतरा कम हुन्छ। त्यसमा भिटामिन डीको मात्रा पनि अधिक मात्राामा पाइन्छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close