मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु

काठमाडौं । राष्ट्रिय जनगणना आजदेखि सुरु हुने भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो।‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ आजदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको हो।आज बिहान साढे ९ बजे राष्ट्रपति विद्यादेवि भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरिनेछ। कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। गणनाका लागि विभागले ४० हजार जना गणक खटाउने भएको छ।

तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानकारी दिए। त्यस्तै जनगणनामा खटिनेलाई सहजीकरण गर्न देशभर आठ हजार पाँच सय जना सुपरीवेक्षक खटाइएको उनले बताए।जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने महानिर्देशक श्रेष्ठले बताउनुभएको छ ।४० हजार जना गणकले हरेक घर परिवारमा औसत २० मिनेट लगाउनेछन् भने कुल ८० प्रश्न सोधिने छ। एक जना गणकले एक परिवारमा औसत २५ देखि ३० मिनेट लगाउने हुने प्रवक्ता चौलागाइँले बताउनुभयो। यसपटक जनगणनाका लागि काठमाडौं जिल्लामा ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ भने कुल २२ सय ५० वटा ट्याबलेट प्रयोग हुने बताएको छ ।जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य हुने पनि उनले बताए।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close