प्युठानमा मोटरसाईकलको ठक्कर बाट ११ वर्षीय बालकको मृत्यु

प्युठान। प्युठानमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर २ का ११ वर्षीया सुदिप जिसीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।पैदल हिँडिरहेका जिसीलाई प्युठानवाट दाङको भालुवाङ तर्फ जाँदै गरेको रा ४ प ५०४८ नम्बरको मोटरसाईलकलले ददेरीमा ठक्कर दिएको दिएको हो ।जिसीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्युठानका प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो।मोटरसाईकल चालक अहिले फरार छन। उनको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।घटनापछी आक्रोशित मृतकका आफन्त र स्थानीयले शब सडकमै राखेर अहिले दर्भान भालुवाङ सडकखण्ड अबरुद्व पारेका छन्।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close