नेपाली महिला क्रिकेट टोलीले टी२० सिरिजको पहिलो म्याचमा कतार लाई हरायो
काठमाण्डौं । टी२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ।नेपाली महिला क्रिकेट टोलीको यो पहिलो अन्तर्राष्ट्रिय शृङ्खला हो । नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो।कतारका कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। खेलमा नेपाली खेलाडी इन्दु बर्मा उत्कृष्ट खेलाडी घोषित् भइन् ।
कमेन्ट गर्नुहोस !