अर्घाखाँची कांग्रेस सभापति पदमा ४ जनाको दावी

सागर महत /अर्घाखाँची ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति नजिकिदै गर्दा अर्घाखाँचीमा जिल्ला सभापतिको नेतृत्व लिन अहिलेसम्म चार जना अग्रसर देखिएका छन् । जसमध्ये वर्तमान सभापती बिष्णुप्रसाद खनाल मुस्कान, महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीमा दावी गरेका छन् । महाधिवेशनको मिति नजिकिदै गर्दा जिल्लामा चहलपहल दिन प्रतिदिन बढ्दै गएको छ । यो संगै अहिले सम्मको जानकारीअनुसार सभापतिका चारै जना दाबेदार चुनावी मैदान बाट पछि नहटने भनेका छन ।सोहि अनुसार पर्चा पम्पलेट र ब्यानरद्धारा नेता तथा कार्यकर्ता हरु प्रचार पसारमा लागेका छन ।
यस्तै सभापतिका अतिरिक्त ५ उपाध्यक्ष, ४ सचिव, ४ सहसचिवका उम्मेद्वारहरु पनी मैदानमा छन् । पार्टीको कुनै कार्यतालिका परिवर्तन नभएमा सभापति सहित अन्य पदमा मंसिर ६ गते निर्वाचन नै हुने देखिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close