कांग्रेस अर्घाखाँचीको मोटरसाइकल र्याली कार्यक्रम सम्पन्न,क्षेत्रिय अधिवेशनमा ७८ जना उम्मेदारी दर्ता

अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्कमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्र र जिल्लाको अधिबेशनको पुर्व सन्ध्यामा आज मोटरसाइकल र्याली कार्यक्रम सम्पन्न भएको छ । टुडिखेल बाट सुरु भएको र्याली बिहार बजार सम्म पुगि पुन टुडिखेलमा आएको थियो । र्याली कार्यक्रममा करिब २सय ५० मोटरसाइकल सहभागी रहेका थिए । यता निर्वाचन तालिका अनुसार मंसिर ३ गते अर्थात भोली क्षेत्रिय अधिवेशन जिल्लामा हुँदैछ।
जस अन्तर्गत क्षेत्र नं क को अधिवेशन पाणिनी बहुमुखि क्याम्पस र ख केन्द्रको मतदान टुडिखेलमा हुने छ । मतदान भोली दिउँसो २ बजे बाट हुने छ ।आज दुबै क्षेत्रमा विभिन्न पदको लागि उम्मेदारी दर्ता समेत गरिएको छ । जसअन्तर्गत क्षेत्र नम्बर १ को सभापति पदमा २ जनाको उम्मेदारी परेको छ ।जसमा राजेश पन्थी र हुमप्रसाद बन्जाडेले उम्मेदारी दिएका छन् । यस्तै उपसभापति ५ जना,सचिवमा ३ जना,सहसचिवमा २ जनाको उम्मेदारी परेको छ ।त्यस्तै प्रदेश प्रतिनिधिमा ३७ जनाको उम्मेदारी परेको छ ।त्यस्तै क्षेत्र नम्बर २ मा सभापति पदमा २ जना,उपसभापतिमा ५ जना,सचिवमा ५ जना सहसचिबमा ४ को उम्मेदारी परेको छ । यस्तै प्रदेशप्रतिनिधिमा ४१ जनाको उम्मेदारी परेको कांग्रेस नेता हेमन्त बेल्बासेले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close