एमालेको अध्यक्षका लागि ओली र रावलबीच चुनाव हुँदै

काठमाण्डाै।  नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ ।हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो ।चितवनको सौराहामा राति अबेर सुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उहाँले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तयारी भएको छ ।

यस्तै नेकपा एमालेले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका लागि कार्यसूची तयार गर्न बसेकाे अध्यक्ष मण्डलकाे बैठकले कार्यतालिका तयार गरेको छ । कार्यतालिका अनुसार  सहमति नभएको पदमा आज सोमवार मतदान हुनेछ । तालिकाअनुसार  उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान १० बजेर ३० मिनेटमा र अन्तिम नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै  आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close