कांग्रेसको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाण्डौं ।नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
शीर्ष नेताहरुसँग भएको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ । कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ ।
नयाँ कार्यतालिकाअनुसार अब २४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।दावी विरोध लगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ भने २७ गते विहान ८ बजे मतदान हुनेछ ।
यसैबिच नेपाली कांग्रेसको प्रदेश अधिवेशनको मिती पनी हेरफेर गरिएको छ । प्रदेश अधिवेशन दुई दिन पछाडी सारेर मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटनपछि उम्मेदवारी मनोनयनको कार्यक्रम तय गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button
Close
Close