कांग्रेसको १८ गते पहिलोपटक प्रदेश अधिवेशनको चुनाव हुँदै

काठमाण्डौं ।संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको छ।कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजदेखि प्रदेश अधिवेशन गर्न लागेको छ।प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन्।

कांग्रेसले प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने गरी व्यवस्था गरेको छ। प्रदेश कार्यसमिति सदस्यहरू पनि प्रदेशमा रहनेछन्। कोषाध्यक्ष भने मनोनित गर्ने व्यवस्था छ।आज प्रदेश अधिवेशन उद्घाटन गर्ने, मंसिर १७ मा मनोनयन गर्ने र १८ मा चुनाव गर्ने कार्यतालिका बनेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close