ग्लोबल आइएमई बैँकद्धारा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न

विक्रम पाण्डे/ अर्घाखाँची ।
ग्लोबल आइएमई बैँक लिमिटेड , अर्घाखाँचीको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । आफ्ना सेवाहरुलाई डिजिटल प्रविधिमय बनाउदै सञ्जाल विस्तारमा समेत तीब्र ढंगले अघि बढेको ग्लोबल आइएमई बैंक प्रा.लि अर्घाखाँचीमा डिजिटल बैंकिङ्ग सम्वन्धी कार्यक्रम सम्पन्न गरेको थियो ।ग्लोबल आइएमई बैँकमा आवद्ध ग्राहक तथा आम सर्वसाधारणहरुलाई डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रदान गरिएको अर्घाखाँची शाखा प्रमुख प्रह्लाद न्यौपानेले जानकारी दिनुभयो ।

No description available.
कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयबाट सागर बहादुर सिंह, रुपेश शर्मा, प्रादेशिक कार्यलयबाट सागर वास्तोला लगायतका प्रशिक्षकले प्रशिक्षण प्रदान गर्नुभएको थियो । उहाँहरुले मोवाइल बैंकिङ्ग , इन्टरनेट बैंकिङ्ग, डेविड , क्रेडिट कार्ड ,क्यूआर कोड पेमेन्ट , ट्राभल कार्ड ,युज कार्ड ,मिस्कल बैंकिङ्ग , कोर्पेरेट पे लगायतका विषमा जानकारी मुलक प्रशिषण दिनुभएको थियो । कार्यक्रममा सहभागीबाट आएका प्रश्न तथा जिज्ञासाहरुको समेत जवाफ दिइएको थियो ।
ग्लोबल स्मार्ट प्लस एप्लिकेशन मोबाईलमा डाउनलोड गरी सो बाट उल्लेखित सेवाहरु लिन सकिने तथा घन्टौ लाइनमा बसेर बैंकमा गई नगद रकम निकाल्नु पर्ने बाध्यताका साथै समयको बचतका लागि पनि डिजिटल बैंकिङ्गका सेवाहरुको महत्व बढेको कार्यक्रममा प्रष्ट्याइएको थियो ।
नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा २ सय ८७ वटा शाखा सञ्जाल विस्तार गरीसकेको तथा हाल बैंकको ग्राहक संख्या २७ लाख बढी रहेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा बैकका जिल्लामा संचालित शाखा रहित बैकिङ प्रतिनिधि र अन्य गरी करिब १०० जनाको सहभागीता रहेको थियो ।

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close