कृषि ज्ञान केन्द्र अर्घाखाँचीद्वारा ८ करोडको बजेट सार्वजनिक

सागर महत /अर्घाखाँची ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीले आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । जसमा कृषि उत्पादन, पोषण तथा खाद्य सुरक्षा कार्यक्रम, मिशन कार्यक्रम (आलु,मकै,सुन्तला र कागती)र प्रविधि सेवा टेवा विस्तार लगायतका कृषि कार्यक्रम ‘सञ्चारकर्मीसंग को अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको छ। जसमा आर्थिक वर्ष ७८/७९ को लागि ८ करोड ३३ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो।
कार्यक्रम बारेमा प्रकास पादै ज्ञान केन्द्रका प्रमुख राममिलन विश्वकर्माले अनुदानका कार्यक्रममा गत वर्षको बजेटमा प्रक्रिया पुरा नगरि अनुदान खोज्नेहरुको लागि बजेट रोका गरिएको मा यस वर्ष पनि सोहि बमोजिक कार्य अगाडि बढाउने बताउनुभयो ।कृषि अनुदानको लागि विधि र प्रक्रिया पुरा गरेका किसान लाई भने अनुदान दिइने जसको लागि कार्यक्रमको आधारमा सहभागी हुन आग्रह समेत गरिएको छ । कार्यक्रम महेन्द्र कुमार ओझाको सञ्चालन र कृषि अधिकृत नारायण प्रसाद भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

May be an image of 13 people, people sitting and people standing

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close