कर्मचारी मिलन केन्द्र अर्घाखाँची शाखाद्वारा भाग्यशाली चिठ्ठा अफरको नतिजा सार्वजनिक

सागर महत /अर्घाखाँची
कर्मचारी मिलन केन्द्र अर्घाखाँची शाखाद्वारा दशैं,सुभ दिपावली तथा छठ पर्वको अवसरमा संचालन गरिएको भाग्यशाली चिठ्ठा अफरको नतिजा सार्वजनिक गरिएको छ । नतिजा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले एउटा नमुना अभ्यासले सुरुवात गरेकोमा धन्यवाद दिदै कर्मचारीको काम लगायतको क्षेत्रमा एउटा मनोबल बढने बताउदै मिलन केन्द्रले आगामी दिनमा यि यस्ता कार्यक्रम लाई निरन्तर दिनु पर्नेमा जोड दिनुभएको थियो ।

चिठ्ठा अफरमा जिल्ला भरका विभिन्न कार्यालयका कर्मचारी र स्थानीय गरि १८ सय ५९ जनाले सहभागिता रहेको थियो ।
आज सार्वजनिक गरिएको उक्त नतिजा अनुसार प्रथममा पाण्डव भट्टराई, द्वितीय साधना पोख्रेल,तृतिय अशोक दवाडी,सान्त्वना पुष्पा थापा सहित अन्य २० जना लाई पनि पुस्कार प्रदान गरिने बताईएको छ ।प्रथम पुस्कार फ्रिज, द्वितीय पुरस्कार वेभ ओमन,तृतिय पुस्कार चुल्हो सेट,सान्त्वना पुस्कार ईलेक्ट्रिक कितली लगायतका पुस्कार वितरण गरिने कर्मचारी मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रहरी नायब उपरिक्षक उमर थापा विभिन्न कार्यालयका प्रतिनिधि तथा प्रमुख स्थानीय लगायतको सहभागिता रहेको कार्यक्रम मिलन केन्द्रका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालको अध्यक्षता स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वस्थ्य निरिक्षक गणेशराज पौडे्ेलको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close