कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी

काठमाडौं। नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । उनले खसेको मतको ५० प्रतिशत कटाइसकेका छन् । योसँगै उनी विजयी भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ ।बानियाँले एक हजार ८५ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् ।पहिलो चरणमा ल्याएको ९९२ मतभन्दा बानियाँले एक सयभन्दा कम मत बढाएका छन् । केसीले भने पहिलो चरणमा भन्दा एक सयभन्दा बढी मत बढाएका छन् ।भीमसेनदास प्रधानले पहिलो चरणमा प्राप्त गरेको १९७ मत दुवै उम्मेदवारलाई बराबर जस्तो बाँडिएको छ । प्रधानले बानियाँलाई सघाउने घोषणा गरेका थिए । तर, उनको मत सबै बानियाँलाई नगएको देखिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close