बेहुलाले माला लगाइदिन लागेका बेला अचानक बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए

काठमाडौं। आफ्नी प्रेमिकाको अर्कैसँग बिहे हुन लागेको देखेपछि प्रेमीहरुको चित्त दुख्नु स्वभाविकै हो । केही प्रेमीहरुले चित्त बुझाएर बस्छन् केहीले बिहे स्थलमै गएर होहल्ला गरेका घटना पनि कहिलेकाहीँ सुनिएको छ । तर, एक जना प्रेमी यस्ता निस्किए उनले बिहे कार्यक्रममा बेहुलाले बेहुलीलाई माला लगाइदिन लागेको मौका पारेर बेहुलाकै अगाडि बेहुलीको सिउँदोमा सिन्दूर हालिदिए ।

प्रेमीले आएर अचानक आफ्नी हुन लागेकी दुलहीको सिउँदोमा सिन्दुर हालिदिएपछि बेहुला अलमल्ल परेर हेरिरहे । गोरखपुरमा भएको यो घटनामा बेहुला जयमालामा व्यस्थ भएको मौका पारेर प्रेमीले आफ्नी प्रेमिकाको सिउँदो भरिदिएका थिए । यो देखेर बिहेमा आएका पाहुनाहरु पनि अचम्ममा परे । घटनास्थलमा रहेका कसैले यो घटनाको भिडियो खिचेर सामाजिक संजालमा भाइरल गरिदिए ।

घटना हरपुर बुदहट थाना क्षेत्रको भएको भारतीय मिडियाले जनाएका छन् । बिहेका क्रममा बेहुला बेहुली स्टेजमा जयमालाको प्रक्रिया पूरा गर्न तयार थिए । त्यही बेला बेहुलीका प्रेमी आएर सिन्दूर हालिदिए । घटनापछि त्यहाँको माहोल तनावपूर्ण भयो । केटी पक्षले तत्काल फोन गरेर पुलिस बोलाए । सूचना पाएपछि घटनास्थल पुगेको पुलिसले अबेर राती मात्र विवाद सुल्झाउन सक्यो ।

बिहीबार बिहान पंचायतपछि बेहुलाले बेहुलीलाई लिएर गए । पुलिस आएपछि प्रेमी पनि डराए र चुपचाप आफ्नो घर गए । आरोपी प्रेमीमाथि कुनै कारवाही नगरिएको बताइएको छ । यो बिहे पूरै क्षेत्रमा चर्चाको विषय बनेको छ । गाउँका पाकाहरुले सम्झाइ बुझाइ गरेर बेहुलीको तय बेहुलासँगै बिहे गराएका छन् । उनीहरुले विवाद बढाउनु ठिक नभएकोले प्रेमीमाथि कुनै कारवाही नगर्ने निर्णय गरेका छन् ।dcnepal

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close