छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच मंगलबार कुटाकुट भएको छ ।

गाउँ कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट हुँदा अध्यक्ष मण्डलको दुईवटा दाँच भाँचिएको छ ।वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको थियो । ‘यही विषयमा भनाभन भएपछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्नुभयो । त्यही क्रममा झडप हुँदा अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएको छ’ उनले भने ।

अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो ।

उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्दा उनकै हातको चुरासमेत फुटेको वडा अध्यक्ष यादवले बताए । ‘उहाँको हातमा सामान्य चोट पनि लागेको हामीले हेर्‍यौं’ उनले भने । घटनापछि अध्यक्ष र उपाध्यक्षको मोवाइलमा सम्पर्क हुन सकेको छैन ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले घट्नाबारे आफूहरुले पनि जानकारी पाएको बताए । ‘घटनापछि उहाँहरु आफैं घरतिर जानुभएको रहेछ । कुनै पनि पक्षले प्रहरीलाई जानकारी गराएको छैन’ उनले भने ।अनलाइन खबर बाट साभार

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close