प्रकाशमान सिंह काँग्रेस सभापतिका लागि संस्थापनइतरको साझा उम्मेदवार

काठमाडौं, २२ मंसिर । नेपाली काँग्रेसको संस्थापनइतरबाट प्रकाशमान सिंह साझा उम्मेदवार हुने भएका छन् । उनको नामबारे सहमति बनेको बुझिएको छ ।सिंहको नामबारे औपचारिक घोषणा हुन भने बाँकी छ । विश्वस्त स्रोतका अनुसार सिंहको नाममा वरिष्ठ नेता रामचन्द्र पौडेल सहमत भएका छन् । महामन्त्री डा. सशांक कोइराला ब्याक भइसकेका छन् । उनले पनि साझा नाममा आफ्नो समर्थन हुने बताएको बुझिएको छ ।

सभापतिका अर्का दाबेदार केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि लचिलो भएको बुझिएको छ । कोइराला परिवारभित्र सिंहसँग पावर सेयरिङ गरेर बढ्ने विषयमा एकखालको सहमति बनेको विश्वस्त स्रोतले बताएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् । काठमाडौं काँग्रेसको तल्लो इकाई हुँदै जिल्ला सभापति, केन्द्रीय सदस्य, पहिलो निर्वाचित महामन्त्री बनिसकेका छन् । उनी काँग्रेसका संस्थापन नेता गणेशमान सिंहका छोरा हुन् ।

तथ्यांकशास्त्रमा स्नातकोत्तर गरेका सिंह कुनै समय अध्यापन पनि गराउँथे । उनलाई काँग्रेसभित्र कडा स्वभावको अडान भएका नेताका रुपमा चिनिन्छ ।reportersnepal

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close