जिल्ला प्रहरी कार्याल अर्घाखाँचीद्वारा लागू औषध मुद्धामा फरार अभियुक्त पक्राउ

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा लागू औषध मुद्धामा फरार अभियुक्त पक्राउ परेका छन । जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ८ का ६२ वर्षिय रोसन अली मिया १४ वर्ष पछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गुल्मी जिल्ला अदालतको मिति २०६४ असार १० गतेको फैसला अनुसार ३ बर्ष कैदतोकिएकोमा भागि फरार रहेका मियालाई विशेष सूचनाको आधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलमा लुकीछिपी बसेको अबस्थामा विशेष सुचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अमर थापाले जानकारी दिनुभयो । साथै जिल्ला अदालत अर्घाखाँचीमा पेश भएकोमा कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close