देउवा–सिटौला एउटै प्यानलमा

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहले संयुक्त प्यानल बनाउने भएका छन्। सभापति देउवा र नेता सिटौलाबीच शुक्रबार राति भएको छलफलमा संयुक्त प्यानल बनाउने विषयमा सहमति भएको हो।१३औं महाधिवेशनको पहिलो चरणको निर्वाचनमा जम्मा खसेको मतको १० प्रतिशत अर्थात् ३ सय २४ मत मात्र ल्याएका सिटौलाले दोस्रो चरणमा देउवालाई सहयोग गरेर सभापति बनाएका थिए। १४औंमा आइपुग्दा पनि देउवासँगै सहकार्य गर्न पुगेका छन्। सिटौला समूहले उपसभापति, महामन्त्री, सहमहामन्त्री र ३५ जना केन्द्रीय सदस्य पाउने सहमति भएको छ। आफ्नो समूहको नेतृत्व सिटौला आफैंले गर्ने भएका छन्। उनी पार्टी उपसभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन्। महामन्त्रीमा युवा नेता प्रदीप पौडेल र सममहामन्त्रीमा काभ्रेका नेता जिल्ला सभापतिसमेत भइसकेका नेता शिवप्रसाद हुमागार्इं उठ्ने सिटौला निकट एक नेताले बताए।

महाधिवेशनपछि देउवाले सिटौलालाई कार्यवाहक सभापति बनाउने र सिटौलाले देउवालाई निर्वाचनपछि पनि प्रधानमन्त्री बनाउने सहमति भएको सिटौला निकटका एक नेताले जानकारी दिए। केन्द्रीय समितिबाट निर्णय गराएर कार्यवाहक दिनुपर्ने भनी सिटौलाले राखेको सर्त देउवाले स्वीकारेका छन्।

सिटौला ३५ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाउन राति मध्यरातसम्म छलफलमा जुटेका थिए। शुक्रबार राति देउवा र सिटौलाले संयुक्त प्यानलको अन्तिम टुंगो लगाउने भएका छन्। सिटौला समूह गणितीय हिसाबले निर्णायक छ। सिटौला समूहमा पछिल्लो समय आठ सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि नै छन्। शीर्ष नेता पौडेल समूहको भने सभापतिमै सहमति जुट्न सकेको छैन। कांग्रेस महाधिवेशनअन्तर्गत आज मनोनयन दर्ताको कार्यक्रम छ। अन्नपुर्ण पोष्ट बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close