कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा रहेको कर्मचारीहरुको प्रमुख संस्था कर्मचारी मिलन केन्द्रले रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ६० जनाले रक्तदान गरेको मिलन केन्द्र अर्घाखाँचीले जनाएको छ ।
मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रशासन कार्यालय नजिकै भएको उक्त कार्यक्रममा विभिन्न कार्यालयका कर्मचारी,सुरक्षाकर्मी, जनप्रतिनिधि , पत्रकार, लगायतको सहभागीता रहेको मा ६० युनिट रगत संकलन भएको खनालले बताउनुभयो ।मुख्तय ब्लड’को अभावमा कसैको मृत्यु नहोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ । जसमा रक्त सन्चार सेवा केन्द रुपन्देहीले समन्वय गरेको थियो ।यस्तै रक्तदान कार्यक्रममा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै रक्त सन्चार सेवा केन्द रुपन्देहीले सहायक प्रमुख जिल्ला अधिकारी खनाललाई प्रमाण पत्रले सम्मान गरेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close