थप १२ सय २१ जनामा कोरोना पुष्टि ,१४ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जना मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएको संख्या हालसम्मकै उच्च हो ।यो सहित नेपालका हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।यस्तै हाल सम्म कोरोना जितेर २० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् ।यस्तै गएको २४ घण्टामा १४ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।यता पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कमेन्ट गर्नुहोस !