अर्घाखाँचीमा रहेको हुलाक कर्मचारी एशोशियसनको बैठक सम्पन्न

भावना मगर/ अर्घाखाँची ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोशियसन जिल्ला समिति अर्घाखाचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ ।बैठकले अतिरिक्त हुलाक कार्यालयमा फर्निचरलाई व्यवस्थापन गर्ने अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरुलाई पाएक पर्ने बैंकबाट खाता संञ्चालन गरी सेवा सुविधा उपलब्ध गराउने लगायतका महत्वपुर्ण निर्णयहरु गरेको छ ।

बैठकमा धनचौर, किमडाँडा, असुरकोट, खाँचीकोट, डिर्भना, अड्गुरी, गोखुङ्गा, पटौटी, धारापानी, जुकेना, छत्रगंञ्ज, नुवाकोट लगायत २२वटा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।कार्यक्रम बुद्धिबहादुर भट्टराईको अध्यक्षता र रिता गैरे भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close