कोहीको बाथरुममा, कोहीको कोठामा मृत्यु

काठमाडौं । गएको सोमबार बागबजारस्थित काठमाडौं मोडल कलेज (केएमसी) होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशील सहनी निकै बेर ननिस्केपछि ढोका फुटाएर हेर्दा उनी बेहोस अवस्थामा भेटिए । नजिकै काठमाडौं मोडल अस्पताल लगिएका उनको सोही दिन आईसीयूमा मृत्यु भयो ।कक्षा ११ मा अध्ययनरत सहनीको मृत्युपछि उनका परिवारले कलेज व्यवस्थापनमाथि प्रश्न उठाएको छ । ‘होस्टल कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको’ भन्दै परिवारले दोषीमाथि कारबाही माग गरेको छ । सहनीको मृत्युपछि भौतिक उपस्थितिमा विद्यार्थीले पढ्नसमेत पाएका छैनन् ।

– २०७६ पुस चौथो साता झापा बुद्ध–शान्ति गाउँपालिका–४ की २० वर्षीया स्वशिका लिम्बूको काठमाडौं मिलनचोकस्थित रूमिज गल्र्स होस्टलमा मृत्यु भयो । तेस्रो तलामा रहेको बाथरुममा नुहाउन गएकी लिम्बू लामो समय बितिसक्दासमेत ननिस्केपछि उनीसँगै बस्ने साथी क्रान्तिले ढोका ढकढ्याइन् । तर ढोका नखुलेपछि होस्टलकै दुई महिला कर्मचारी र क्रान्ति मिलेर बाथरुमको भेन्टिलेसन फुटाए । स्वशिका बाथरुममा ढलिरहेकी थिइन् । ढोका फोडेर छिर्दा उनको शरीर चिसो भइसकेको थियो । प्रहरीले भेनस अस्पताल लगे पनि ‘अन्यत्र लैजान’ भनेपछि बानेश्वरको सिभिल अस्पताल लगियो । चिकित्सकले स्वशिकालाई मृत घोषणा गरे ।

– वीरगन्जकी १९ वर्षीया जेनिथ चौहानको पनि २०७६ पुस चौथो साता नुहाउनेक्रममा बाथरुममा मृत्यु भयो । ललितपुर–१५ सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टलमा उनी बस्दै आएकी थिइन् ।

राजधानी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close