कांग्रेस अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न

अर्घाखाँची ।नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको पहिलो बैठक सन्धिखर्कमा रहेको बिपि स्मृति भबनमा सम्पन्न भएको छ । बैठकले १४ औं महाधिवेशन सम्पन्न गर्न खटिने वडा सभापति, क्षेत्रीय प्रतिनिधि , मुख्य निर्वाचन अधिकृत ,निर्वाचन मा खटिने कर्मचारी ,नेता कार्यकर्ता ,कर्मचारी सुरक्षा कर्मि लगायत निर्वाचनमा खटिने सबैलाई धन्यवाद ज्ञापन गरेको पार्टी सभापति केसव श्रेष्ठले जानकारी दिनु भयो । यस्तै बैठकले निवर्तमान कार्यसमिति लाई धन्यवाद ज्ञापन गरेको छ ।

यस्तै केन्द्रीय सदस्य मा निर्वाचित केन्द्रीय सदस्य पुष्पा भुसाल र प्रदेस अधिवेसन बाट सहमहामन्त्री मा निर्बाचित विष्णु प्रसाद खनाल (मुस्कान) सहित सदस्य मा निर्वाचित शान्ता भण्डारी, राजेन्द्र भट्टराई ,लक्ष्मण पन्थि, गिता घिमिरे लाई बधाई दिने निर्णय गरेको छ ।बैठकले बिपि स्मृति भवनको छतमा रहेको एनसिएल टावर लाई ब्यबस्थापन गरि छत बाट पछाडि सार्ने र पार्टी कार्यलय लाई ब्यबस्थित गर्ने लगायतका निर्णय गरेको छ । बैठक केसव श्रेष्ठको सभापतित्व ,जिल्ला सचिव कृष्ण प्रसाद खनालको संचालनमा भएको बैठकमा उपसभापति विष्णु प्रसाद भुसाल ,बाबुराम पौडेल सचिव अच्युत गौतम ,सहसचिव कमल पौडेल, सहसचिव मेघराज पान्डे ,महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी लगायतका जिल्ला सदस्य हरुको सहभागीता रहेको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close