अर्घाखाँची सहित देशभर हल्का वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

अर्घाखाँची । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अर्घाखाँचीसहित देशभर पानी परेको छ ।मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । यस्तै, मौसमविद्ले वर्षा र हिमपात भइरहेकाले पर्वतारोहणमा नजान सुझाव दिएका छन् । भोलिदेखि भने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बन्दै जाने भएकाले पानी पर्न रोकिने छ । भोलि मौसम केही खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।यस्तै चिसोबाट बच्न आग्रहसमेत गरिएको छ । चिसोको पीडा थपिँदा बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित बनेका छन ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close