मालारानी ५मा रहेको शान्ती माध्यमिक विद्यालयमा पुरस्कार वितरण

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीमा रहेको शान्ति माध्यमिक विद्यालयमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।२०७७ मा कक्षा वालविकास देखी १२ सम्ममा उत्कृष्ट स्थान हासिल गर्ने र अतिरिक्त क्रियाकलाप लगायतका विभिन्न विद्यामा स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार गरिएको हो ।

साथै उक्त कार्यक्रममा बाँगी आँटीघर निवासी स्व लालमणी भुसालको बार्षिक पुन्य तिथीको अवशरमा स्व .भुसालका छोरा जीवन भुसाल र राम प्रसाद भुसालको उक्त पुरस्कार सहयोग गर्नुभएको थियो ।कार्यक्रममा बौल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्र बहादुर खड्काले यस्ता खालका कार्यक्रमहरुले विद्यार्थीहरुको हौसला बढाई पढाईप्रती रुची अभिवृद्धी हुने बताउनु भयो ।
विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले नमुना योग्य कार्यले शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्ने भन्दै अरुले पनि सिको गर्ने कुरामा जोड दिनु भयो। पुरस्कार सौजन्यकर्ता र सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा धन्यबाद समेत दिनुभयो ।

कार्यक्रम सहायक प्रअ तारा प्रसाद भुसालको स्वागत ,माधव प्रसाद पन्थीको संंचालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य हुम बहादुर महत, मालारानी गाउँपालिका वडा नम्बर ५ सदस्य डाल बहादुर चौहान, पूर्व शिक्षक जीवनारायण खनाल, लगायत विद्यालयका सम्पुर्ण शिक्षक, शिक्षीका र विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको विद्यालका प्राविधिक धार तर्फका सब इन्जिनियर जय बहादुर रोकायले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close