सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह

नयाँ दिल्ली। एउटा अनौठो र अप्रत्यासित घटनामा उत्तर प्रदेशका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन्। मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रमबाट पैसासहित अन्य सुविधा पाउन फिरोजबादका एक व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा भएको हाे।

सामाजिक कल्याण विभागअन्तर्गत सामूहिक विवाह गर्ने हरेक जोडीलाई राज्य सरकारले ३५ हजार रकम र घरपरिवारका अन्य उपहार प्रदान गर्छ। कार्यक्रमअन्तर्गत सरकारले २० हजार भारु बेहुलाको बैंक अकाउन्टमा डिपोजिट गरिदिन्छ र १० हजार भारुबराबरको उपहार दिइन्छ।

सो विवाह ११ डिसेम्बरमा फिरोजबादको टुंड्ला गाउँमा भएको थियो। केही दिनपछि गाउँलेले विवाह गर्ने जोडी सहोदर दाजु र बहिनी भएको पत्ता लगाएका थिए।

एउटा सरकारी कार्यलयको परिसरमा आयोजना गरिएको सो विवाहमा ५१ जोडी बन्धनमा बाँधिएका थिए। गैरकानुनी ढंगले अनुचित लाभ लिने उदेश्यले विवाह गर्ने जोडीविरुद्ध मुद्दा दायर भएको छ। यसैबीच बेहुला बन्ने व्यक्तिको आधार कार्डबारे छानविन सुरु भएको छ।dc nepal

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close