छत्रदेवमा पानीको समस्या भएका करिव ३सय परिवारलाई पानी ट्याङ्की वितरण

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पानीको समस्या रहेको क्षेत्रमा निशुल्क पानी टंकी वितरण गरेको छ ।वडा नम्बर ५ को वडा कार्यालयले पानीको समस्या रहेको क्षेत्रमा तत्कालको लागि सहजहोस भनेर आर्थिक बर्ष ०७८/०७९ कार्यक्रम अनुसार करिव ३सय घर परिवार लाई ५ सय लिटरको निशुल्क हिल टंकी वितरण गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
सोहि वडामा पानीको समस्या भएका ७ सय घरपरिवार लाई टंकी वितरण कार्यक्रम यो आर्थिक वर्षमा पुराहुने समेत गाउँपालिका अध्यक्ष पोखरेलले बताउनुभयो ।
यसले कुवाको पानी बोकेर घरमा ल्याएर राख्न र तरकारी खेती गर्नको लागि केही भएपनि सहज हुने स्थानीयको भनाई छ ।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थ वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

May be an image of 6 people, people standing and outdoors

May be an image of 8 people, people standing and outdoors

May be an image of outdoors

May be an image of 6 people, people sitting, people standing and road

May be an image of 10 people, people sitting, people standing and outdoors

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close