पाल्पा बस दुर्घटना अपडेट अर्घाखाँचीको मालारानी २ का ४ जनाको मृत्यु

पाल्पा – पाल्पा बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका सात जनाकै सनाखत भएकाे हाे । सनाखत हुनेमा अर्घाखाँचीको मालारानी गाउँपालिका २ का चार जना रहेका छन् । मालारानीका २८ वर्षीय भोजेन्द्र विश्वकर्मा, २५ वर्षीय शङ्कर विश्वकर्मा, २६ वर्षीय मोहन कुँवर र ३३ वर्षीय अर्जुन सुनार रहेका छन् । त्यस्तै रुपन्देहीको बुटवल उपमहानगर ११ का ३२ वर्षीय विजय थापा, बुटवल १७ का ३० वर्षीय पशुपति रसाइली र खुमबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालप पाल्पाले जनाएको छ ।

बुटवलबाट रिडी शव बोकेको पाल्पाको रिब्दीकोट गाउँपालिका २ लघुवामा बुटवलबाट रिडीतर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भइ ६० मिटर तल खस्दा दुर्घटना भएको हो । बुटवलबाट वीरबहादुर विश्वकर्माको शव बोकेर रिडीमा लगिएको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेको लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर त्वातीले बताउनुभयो ।

ओरालो घुम्तीमा बस दुर्घटना भएको छ । चिप्लो सडकमा तीव्र गतिले गर्दा दुर्घटना भएको प्रहरीको अनुमान छ । घाइतेलाई स्थानीयवासी र प्रहरीले समयमा उद्धार गरे पनि शव निकाल्न समस्या भएको थियो । बसले च्यापिएको शव डोजर प्रयोग गरी निकालिएको थियो । ujyaaloonline

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close