त्रिशूलले घोचेर किशोरीको हत्या प्रकरण : ५ दिन म्याद थपेर धामीमाथि अनुसन्धान जारी

त्रिशूलले शरीरका विभिन्न भागमा घोचेर बालिकाको हत्या गरेको आरोप लागेकी धामीमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । सिन्धुपाल्चोककी १४ वर्षीया किशोरीको राजधानीको नागार्जुन नगरपालिकास्थित धामी उमा शाही ठकुरीको आश्रममा मृत्यु भएको थियो । शुक्रबार भएको सो घटनापछि प्रहरीले लगत्तै आरोपितलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियुक्तमाथि अज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको बताए । सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ वर्षीया किशोरीलाई आमाले गत पुस ३ मै धामीकहाँ छाडेकी थिइन् । टाउको दुख्ने समस्या भएकी ती किशोरीलाई धामीले निको बनाउने आवश्वस्त पारेपछि आमाले त्यही छाडेर गएकी थिइन् । तर उनको त्रिशूलले घोचीघोची यातना दिएरै शनिबार मृत्यु भएको आफन्तको दावी छ । किशोरीलाई शनिबार बिहान गम्भीर अवस्थामा उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएपनि मृत्यु भइसकेको थियो । उक्त सूचना प्रहरीले अस्पतालको चिकित्सकबाट प्राप्त गरेपछि अनुसन्धानमा प्रहरी टोली खटाइएको थियो ।  किशोरीको शव शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । ratopati

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close