अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा १३ जना,भुमिकास्थान नगरपालिकामा ३ जना,शितगंगा नगरपालिकामा १३ जना र पाणिनी गाउँपालिकामा २ जना गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो सहित जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय १९ पुगेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ६३ जना,भुमिकास्थान नगरपालिमा १० जना,शितगंगा नगरपालिकामा २६ जना,मालारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा १७ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि १ सय १९ जना संक्रमित हाल उपचाररत रहेका छन ।यस्तै पछिल्लो २४ घण्टामा भुमिकास्थान नगरपालिकामा १ जना कोरोना मुक्त भएका छन।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close