पलसँगको सम्बन्धबारे समीक्षा– अब समय आउँदैछ, यथार्थ खुलाउनेछु

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक कुरा सार्वजनिक गर्ने बताएकी छन् । बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले पलसँगकाे आफ्नो सम्बन्धको वास्तविक कुरा बाहिर ल्याउने बताएकी हुन् ।



समीक्षाले २४ अक्टुबर २०२१ मा सार्वजनिक आफ्नो अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको समेत उल्लेख गरेकी छन् ।

‘म लामो केही भन्दिनँ, २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ, अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु,’ उनले लेखेकी छन् ।

गत २४ अक्टोबरमा समीक्षाले पल र आफ्नोबीच अभिभावकको सम्बन्ध मात्र रहेको बताएकी थिइन् । त्यतिबेला उनले पलसँग नाम जोडेर सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको पनि उल्लेख गरेकी थिइन् । तर, बिहीबार भने समीक्षाले पहिलेको स्टाटस नै झुट भएको बताएकी छन् ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close