अर्घाखाँचीमा सक्रिय कोरोना संक्रमितको संख्या १सय ८०,भिडभाड कार्यक्रम नगर्न प्रशासनको आग्रह

सागर महत /अर्घाखाँची ।
अर्घाखाँची पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ९ जना,भुमिकास्थान नगरपालिकामा १ जना,शितगंगा नगरपालिकामा ८ जना,मालारारानी गाउँपालिकामा २ जना,पाणिनी गाउँपालिकामा गाउँपालिकामा ९ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।यो सहित जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या १सय ८० पुगेको छ ।जसमध्ये सन्धिखर्क नगरपालिकामा ८८ जना,भुमिकास्थान नगरपालिकामा १२ जना,शितगंगा नगरपालिकामा ४४ जना,मालारानी गाउँपालिकामा ५ जना,पाणिनी गाउँपालिकामा २८ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि १ सय ८० जना सक्रिय संक्रमित रहेका छन ।

यस्तै कोरोना संक्रमणको दर दिनप्रतिदिन तिव्र गतिमा बढ्दै गएकोले प्रशासन कार्यालयले कुनै प्रकारका भिडभाड खालका कार्यक्रम नगर्न आग्रह गरेको छ । पछिल्लो समय जिल्लामा विभिन्न राजनितिक दलका भेला तथा सभा भएको गुनासो आएपछि संक्रमितको दर पनि बढेकाले कोरोना रोकथामको लागि सबै क्षेत्रमा लाग्न प्रशानले आग्रह गरेको छ ।
यस्तै कार्यालय ,होटल तथा रेष्टुटेट लगायतका क्षेत्रमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड देखाउन आग्रह गरिएको छ भने त्यस लाई सहज होस भनेर मोबाइलमा खिचेर देखाउन पनि सकिने आज निकालिएको विज्ञप्तिमा जनाएको छ ।मास्क नलगाउने
यात्रु लाई सवारीमा यात्रा नगराउन अनुरोध समेत गरिएको छ ।यस्तै उद्योग बैंक लगायका क्षेत्रमा पनि जनस्वस्थ्यका मापदण्ड पालना गरि सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close