अर्घाखाँचीसहित लुम्बिनी प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्छः सहमहामन्त्री खनाल

मालारानी ४ खनमा ९ घर परिवार कांग्रेसमा प्रवेश

अर्घाखाँची ।नेपाली कांग्रेस लुम्बिनी प्रदेसका सहमहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान)ले कांग्रेसमा प्रवेश गर्नेको जनलहर बढेको बताउनु भएको छ ।
मालारानी गाउँपालिका वडा नम्बर ४ खनमा आयोजित पार्टी प्रवेस कार्यक्रम लाई सम्बोधन गर्दै सहमहामन्त्री खनालले अब आउने तिनै तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टी अर्घाखाँची सहित लुम्बिनी प्रदेसका सबै जिल्लामा पहिलो पार्टी हुने दाबी गर्नुभएको हो ।यस्तै पार्टीको विभिन्न पदमा आबद्व नेतृत्व लाई कांग्रेसमय बनाउनको लागि हरेक क्षेत्र बाट संगठन मजबुत बनाउन समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रममा एमाले सहित अन्य दलपरित्याग गरि काङ्ग्रेस मा प्रवेस गरेका नवप्रवेसि हरुलाई सहमहामन्त्री खनाल र जिल्ला सचिव कृष्ण खनाल कांग्रेस मालारानि सभापति सोभाखर खनालले पार्टी भित्र स्वागत गर्नु भएको थियोे।
खन ४ बाट ९ घर परिवार एक समारोहका प्रवेश गरेका हुन साथै कांग्रेस खनको टोलसमिती गठन समेत गरिएको छ।
कार्यक्रमा खनका सभापति बिनिराम पोख्रेल सचिब रविन घिमिरे लगायलते नव प्रवेशिलाई स्वागत गर्दै वडा कार्यालयमा भएको भष्ट्रचारको भन्डाफोर अभियान संचालन गर्ने बताउनु भएको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close