युवाहरूलाई भूमिकास्थान नगरपालिकामा संसद अभ्यास कार्यक्रम सम्पन्न

टेकराज भुसाल /अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा नगरस्तरीय नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ।नगरपालिकाका भित्र रहेका १० वटै वडाका युवा क्लबहरु बाट छनोट भएर आएका २७ जना प्रतिनिधिहरु मध्येबाट नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य र सभा सदस्य बनेर युवाहरूले नमुना युवा नगर सभाको डेमो प्रदर्शन गरेका थिए।

डेमो प्रदर्शन पछिको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रेशम थापाले स्थानीय तहको निर्वाचन भएको करिव ५ वर्षको अन्तरालमा नगर जनताको जनभावना अनुसार धेरै बिकास निर्माणका कामहरु सम्पन्न भएको र केही निर्माणको चरणमा रहेको बताउदै नगर प्रमुख थापाले आगामी दिनमा युवाहरूले खोजे जस्तो बिकास गर्नेमा आफू प्रतिबद्धता रहेको समेत बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत (क्षेत्री)ले जापान अमेरिका अष्ट्रेलिया बाट ल्याएको डलरले मुलुकको रङ्ग नबदलिने भन्दै युवालाई स्वदेशमै केही गरि देशको बिकासमा सहयोग गर्न आग्रह गर्नुभएको थियो।

जिल्ला युवा समिति दाङका अध्यक्ष सुरेश कुमार रावत, अर्घाखाँचीका अध्यक्ष लिल बहादुर बिक, सहभागी तर्फबाट टेकराज भुसाल र बसन्ता गैरेले बोल्दै डेमो मार्फत युवाहरुले साच्चिकै नगर सभा अनुशासित र मर्यादित तरिकाले कसरी सभा गर्ने भनी युवाहरु बाट प्रतिनिधिहरुले सिक्नुपर्ने बताउनुभएको थियो ।

समापन समारोहमा नगर उपप्रमुख खडानन्द बेल्वासे, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तुवलाल सापकोटा, सुचना अधिकारी हरिश्चन्द्र भुसाल लगायतको आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता भूमिकास्थान नगरपालिका सामाजिक बिकास समिति प्रमुख तथा ६ नम्बर वडाका वडाध्यक्ष झविलाल बन्जाडे र शेषकान्त ओसनको संचालनमा सम्पन्न भएको थियो।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close