शितगंगा नगरपालिकाको दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाउँदै

सागर महत/ अर्घाखाँची ।अर्घाखाँची जिल्लाका दुर्गम क्षेत्रमा कोरोना खोपको पहुँच बढाईएको छ ।स्वास्थ्य कार्यालय अर्घाखाँचीले दुर्गम क्षेत्रमा एकीकृत स्वास्थ्य शिविर संचालन गरेको हो । सो शिविर शितगंगा नगरपालिका११ को दोबाटामा संचालनगरिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सोही नगरपालिकाका अन्य वडामा पनि खोपको पहुँचबाट अधिकांश नागरिक छुटेकाले सोही अभियानलाई निरन्तरता दिने स्वस्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बिकले जानकारी दिनुभयो । त्यस्तै सो शिविरमा ,कोभिड १९को परिक्षण, क्षयरोगको जाँच तथा उपचार,औंलो रोग आदिको जाँच समेत गरिएको उहाँले बताउनुभयो ।२ सय भन्दा बढी नागरिकले दुर्गम क्षेत्रमा सेवा पाउँदा सो ठाउँकानागरिक निकै उत्साहित समेत भएका छन् ।

May be an image of 4 people and people standing

May be an image of 3 people and people standing

May be an image of 8 people, people sitting and people standing

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close