थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ९१७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण भएको छ। हालसम्म ८ लाख ३१ हजार ८ सय ५२ पीसीआर परिक्षण भएको छ।
देशभर सक्रिय संक्रिमित १८ हजार ४ सय १३ रहेका छन्। ६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा रहेका छन्।
कमेन्ट गर्नुहोस !