९ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए
सुरुङ्गा (झापा) । झापाको अर्जुनधारा नगरपालिका-५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ ।केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो ।
छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समयअघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा सेवुवालले बताए ।यसैबीच सोही ठाउँका सामाजिक अभियानकर्मी कैशल भण्डारीले आकाशको उपचारका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेका छन् । उनले राम्रो उपचार पाए बालक ठीक हुनसक्ने भन्दै सहयोगीसमक्ष आर्थिक सहयोग जुटाइदिन आग्रह गरेका हुन् ।रासस
कमेन्ट गर्नुहोस !