कांग्रेस अर्घाखाँचीको आयोजनामा पाणिनी ५ र मालारानी ३मा कार्यकर्ता भेला सम्पन्न

अर्घाखाँची ।नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानमा वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विशेष गरि टोल टोलमा संगठन घर–घरमा कांग्रेसजनको अभियान तथा आसन्न निर्वाचन एवं समसामयिक राजनैनिक घटनाक्रमहरुका बारेमा केन्द्रित छलफल भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति बाबुराम पौडेल, सचिव एवं पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, नेताहरु यादव प्रसाद घिमिरे, ईन्द्रमणि पौडेल, पाणिनिका सभापति तुल्सि पौडेल, पाणिनि गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम लगायत काङ्ग्रेसका स्थानिय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रम नेपाली कांग्रेस,पाणिनी ५, मैदानका सभापति गणेश घिमिरेको सभापतित्वमा सम्पन्न भएको हो ।

यस्तै मालारानी गाउँपालिकाको वडा नम्बर ३मा पनि अभियान सम्पन्न भएको छ ।जिल्ला सह सचिव मेघराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम मालारानी ३ का सभापति तिलकराम खनाल को सभापतित्व,  पशुपति खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा बोल्दै जिल्ला सह सचिव पाण्डेले मालारानी ३ बाट बलेको नेपाली काँग्रेसको दियो आगामी निर्वाचनबाट मालारानीका अन्य वडाहरुमा पनि बाल्नुपर्ने बताउदै आजैबाट निर्वाचनमा लाग्न सबै नेता कार्यकर्तालाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य अबिना आचार्य, मालारानी सभापति शोभाखर खनाल , नेताहरु थानेश्वर खनाल, राम बहादुर विक ,हरि खनाल , लिलामणि पोख्रेल, राजेन्द्र सुनार , हुमलाल खनाल , नारायण खनाल , कृष्ण गौतम , शान्ता खनाल लगायतले समसामयिक बिषय र आउदो स्थानिय निर्वाचनका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close