कांग्रेस अर्घाखाँचीको तेस्रो बैठक सन्धिखर्कमा सम्पन्न

अर्घाखाँची ।नेपाल कांग्रेस अर्घाखाँचीको तेस्रो बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।बैठकले उपसभापति विष्णु भुसाललाई अनुसाशन विभागको संयोजक , जिल्ला सदस्य विष्णु क्षेत्रीलाई कोषाध्यक्षमा ,सदस्य सुर्यप्रसाद भुसाललाई प्रचारप्रचार बिभागको प्रमुखमा नियुक्त गरेको छ । यस्तै जिल्लाका ६१ वटा वडामा कांग्रेस लाई आउदो बैशाखमा हुने स्थानीय तहको चुनावमा जिताऔं भन्ने मुलनाराका साथ प्रतिनिधि खटाउने निर्णय गरेको कांग्रेस अर्घाखाँचीले जनाएको छ ।
यस्तै माओवादी बाट निर्वाचीत सन्धिखर्क नगरपालिका कार्यपालिका सदस्य तथा वडा नम्बर १२ कि वडा सदस्य हिमकला टमटा  सहित ७ जना विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका लाई पार्टी कार्यालयमा टिका माला लगाई पार्टीमा प्रवेश गराईएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रिय सदस्य शान्ती परियार,पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसाल, कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु प्रसाद खनाल (मुस्कान )
पुर्व पार्टी सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश सदस्य विष्णु कुमार सापकोटा,रोमाकान्त खनाल ,नेता डा. राम बहादुर बिसी लगायतको आतिथ्या रहेको कार्यक्रमा जिल्ला कमिटीका पदाधिकारी,महाधिवेशन प्रतिनिधिका पदाधिकारी,क्षेत्रीय पदाधिकारी प्रतिनिधि, पालिका तथा वडाका प्रतिनिधि लगायको सहभागीता रहेको कार्यक्रम जिल्ला सभापति केशव श्रेष्ठको अध्यक्षता जिल्ला सचिव कृष्ण खनालको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close