पत्रकारको अधिकारको लागि प्रदेश सरकार सकारात्मक छःसञ्चार मन्त्री शर्मा

अर्घाखाँची ।लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले नेकपा एमालेले प्रदेशको संसद पटकपटक अवरोध गर्नु गलत भएको बताउनुभएको छ।
अर्घाखाँचीको नरपानीमा जनसरोकारका विषयमा लुम्बिनी प्रदेश र संचारकर्मी बिच रिपोर्टर्स क्लबको आयोजनामा भएको छलफल कार्यक्रममा मन्त्री शर्माले यस्तो बताउनुभएको हो।
यस्तै उहाँले दुई जना सांसद मध्ये एक जना सांसद स्वतन्त्र भएको तथा अर्को सांसदले पार्टी रोजिसकेकाले सभामुख लाई गाली गरि संसद अवरुद्ध गर्नु गलत भएको बताउनुभएको छ ।
यस्तै मिडिया प्रति प्रदेश सरकार सकारात्मक प्रयासका साथ काम गरेको बताउनुभयो जसअन्तर्गत पत्रकारको दुर्घटना बिमा भन्दै ९ सय बढी पत्रकारको लागि ७ लाख बराबरको दुर्घटना बिमा गरिएको समेत बताउनुभयो।यस्तै केहि कार्यक्रम परिमार्जन गरिएकाले कार्यक्रमको बारेमा सत्य तत्य विषय अथवा जनता माझ कस्तो प्रभावकारी कार्यक्रम भएको छ,जस्ता कुरा पत्रकारले फिल्डमा खटिएर बाहिर लिन आग्रह गर्नुभएको हो।
रुपन्देहीमा रहेर खोजपत्रकारीता गदै आएका बिबिसी नेपालीका रिपोर्टर माधव नेपालले प्रदेश सरकारको गराई र भनाईमा धेरै फरक भएको बताउनुभएको छ ।अहिलेको समयमा मिडिया संचालकले कर्मचारीलाई कसरी तलब व्यवस्थापन गर्ने चिन्ता बढ्दै गएको छ भने त्यसमा बिचैलियाको चलखेल यो समस्या जटिल बन्दै गएको बताउनुभयो ।
यस्तै वरिष्ठ पत्रकार विष्णु भुसालले पत्रकारको क्षमता दक्षताको स्तर बढाउनको लागि प्रदेश सरकारले कार्यक्रम ल्याएमा मात्र दक्षजनशक्ती उत्पादन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा युवराज कंडेलले कार्यपत्र पेश गर्नुभएको थियो ।यस्तै अन्य क्रियाशिल पत्रकारले तयार पारेको पत्रकार र मिडिया संचालनको लागि थप व्यवस्थापनको लागि प्रदेश सरकार लाई समस्या सुनुवाई सहित सम्बोधनको लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्मालाई आग्रह गरिएको थियो ।यसमा विषयमा आफु चनाखो भएर लाग्ने समेत मन्त्री शर्माले बताउनुभएको हो।
कार्यक्रममा अर्घाखाँची प्रदेश सांसद रामजी प्रसाद घिमिरे ,सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार विक, दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडी,पत्रकार महासंघका अर्घाखाँचीका जिल्ला कोषाध्यक्ष रुन्द्रमणी भुसाल लगायतले मन्तव्य राखेको कार्यक्रम बिमल पुरीको संचालन रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close