अर्घाखाँचीको छत्रदेवबाट घर घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान सुरु,६१ वडामा अभियान पुग्ने

अर्घाखाँची ।‘अर्घाखाँचीमा पनि घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज बाट सुरु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिकाको राशिप बाट सुरुभएको अभियान ६१ वडामा लागु हुने गरि कार्यक्रम अघि बढेको कांग्रेस प्रचारप्रसार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो । सोहि कार्यक्रमको सुभारम्भ गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शान्ति परियारले पार्टी एकढिक्का हुने गरि काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनु भएको हो ।यस्तै उहाँले एमालेले विभिन्न भरम र झुट्टा आश्वासन बाढ्दै हिडेकाले त्यो बाटोमा नलाग्न आग्रह गर्नुभयो ।अबको देशको निकास नै कांग्रेस पार्टी भएकाले कांग्रेसको अभियानमा लाग्न आग्रह गर्नुभयो ।

कांग्रेस नेता तथा पुर्व राज्यमन्त्रि रेवति प्रसाद भुसालले तरुण युवाहरु एकजुट नभएसम्म काँग्रेसलाई बलियो बनाउन नसकिने बताउनुभयो । उहाँले देश पविर्तनका निम्ति जति पनि आन्दोलन भए त्यसको नेतृत्व तरुण युवाहरुले गरेको धारणा राख्नुभयो ।
नेता राम बहादुर बिसिले युवाहरुको सम्मान गर्न सकेमात्र कांग्रेसलाई हरेक निर्वाचनमा विजयी बनाउन सकिने बताउनुभयो ।

लुम्बिनी प्रदेस सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले पार्टि जनताको सारथि भएको बताउदै जनताको आकर्षण बढेर बताउनु भयो ।सभापति केशव श्रेष्ठले नेपालमा लोकतन्त्र प्राप्तिका निम्ति युवाहरुले बलिदान दिएको स्मरण गर्दै आगामी निर्वाचनमा कांग्रेस हरेक उम्मेदवारलाई जिताउन लागि तरुण युवा उत्साहका साथ लागेको देख्दा खुसी लागेको बताउनुभयो ।

यो खुशीलाई सबैतिर पुराउनको लागि सबै क्षेत्र बाट अझै साथ सहयोको उपेक्षा रहेको बताउनुभयो ।१५ वर्ष सम्म सत्तामा बसेका कम्युनिष्टले देशको परिवर्तनको लागि केही गर्न नसकेको बताउदै जनतालाई ढाट्न पाउने अधिकार उनीहरुलाई नभएको उल्लेख गर्नुभयो ।
मुख्तय पार्टीले प्रचार अभियानमा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ भने जनताको गुनासो सुन्ने र कांग्रेसले गरेका सुधारका कार्य सुनाउने कार्य अभियानमा हुनेछ । भेला, प्रशिक्षण, सम्मानलगायत कार्यक्रम पनि अभियानमा समेटिएको छ । कार्यकर्तालाई भूमिका दिएर प्रचारमा खटाउने कांग्रेसले नीति लिएको छ ।

कार्यक्रममा कांग्रेस उपसभापति विष्णु भुसाल बावुराम पौडेल, जिल्ला सचिव अच्युत गौतम कोषाध्यक्ष बिष्णु क्षेत्री, सहसचिव कमल पौडेल मेघराज पान्डे महाधिवेशन प्रतिनिधि लेखनाथ पोख्रेल, पिताम्वर खनाल ,पुर्व जिल्ला सचिव लोकेन्द्र बिक पुर्व कोषाध्यक्ष कृष्ण ज्ञवाली, जिल्ला सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख सुर्य प्रसाद भुसाल जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ यमराज पान्डे , हरि खनाल कमला भुसाल , प्रदेश क का सभापति राजेश पन्थि, पालिका सभापति बालकृष्ण पोख्रेल , कांग्रेस केरुङगा का नेता सन्जय पान्डे नेविसघका अध्यक्ष भरतमणि भट्टराई डाक्टर डेबिट बस्याल ,बाबुराम चुदाँली ,जयस बिसि लगायतका कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको कार्यक्रम जिल्ला सभापति केसव श्रेष्ठको सभापतित्व जिल्ला उपसभापति बाबुराम पौडेलको स्वागत मन्तब्य जिल्ला सचिब कृष्याप्रसाद खनालको सन्चालनमा सम्पन्न भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close