रुपन्देहीमा २८ गतेसम्म लकडाउन,दैनिक ७ घण्टा व्यापार व्यवसाय सञ्चालन हुने

रुपन्देहीमा पुन भदौ २१ गतेदेखि २८ गते राती १२ बजेसम्म बन्दाबन्दी लकडाउन् हुने भएको छ भने आइतबार देखि दैनिक सात घण्टा व्यापार व्यवसाय सञ्चालन हुने भएको छ ।
आज बसेको कोभिड नियन्त्रण तथा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन केही मात्रमा खुकुलो गराउने निर्णय गरेको हो ।सो समय अवधिमा उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदार ओसारपोसार गर्न नपाइने प्रशासनले जनाएको छ । व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने भएका छन् भने दैनिक उपभोग्य वस्तु र सेवासँग सम्बन्धित क्षेत्रहरु विहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म सञ्चालन हुन पाउने भएका छन् । यस्तै सरकारी कार्यालयहरुमा भीडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ । बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताउनुभयो।
कमेन्ट गर्नुहोस !