सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आगलागी ५० लाख बराबरको क्षति

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।सन्धिखर्कमा रहेको बिस्मिल्ला सिरक डसना उद्योगमा आज दिउँसो आगलागी भएको हो । आगलागीबाट करिब ५० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीबाट दुई वटा मेसिन एउटा जेनेटर, सिरक डसना लगायत सामन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । उद्योगी मोहम्द फिरोज आगो निभाउने क्रममा बेहोस भएपछि उनलाई उपचारको लागि अस्पताल लगिएकोमा २ घण्टा पछि होस आएपछि अस्पताल बाट डिस्चार्ज भएका छन ।

करिब एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय दमकलको सहायताबाट आगो नियन्त्रमा आएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।आगो विद्युत सटभएर लागेको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close