अर्घाखाँचीमा १७ सय ५ जना म्यादी प्रहरी परीक्षामा सहभागी

सागर महत /अर्घाखाँची ।अर्घाखाँचीमा म्यादी प्रहरीको लागि आवेदन दिएकामध्ये शारीरिक परीक्षामा उत्तीर्ण भएका १ हजार ७ सय ५ जनाले लिखित परीक्षा दिएका छन् ।

सन्धिखर्क टुँडिखेल मैदानमा उनीहरूले लिखित परीक्षा दिएका हुन् । उनीहरूले सरकारले देशमा रोजगारी सिर्जना गर्न नसकेको भन्दै गुनासो गरेका छन् ।स्थानीय, प्रदेश, संघको नेतृत्वमा रहनेले रोजगारीको वातावरण सिर्जना गर्न नसकेको भन्दै उनीहरूले देश र जनताप्रति बफादार बन्न नेताहरूसँग आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले ८ सय ८२ जना म्यादी प्रहरीको लागि आवेदन खुला गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक अम्मर बहादुर थापाले जानकारी दिनुभयो । कुल २१ सय २३ ले आवेदन दिएकोमा फिजिकलम कटाउनेको संख्या १७सय ५ हो आज सोहि अनुसार परिक्षामा सहभागी भएको प्रहरी नायव उपरिक्षक थापाको बताउनुभयो ।वैशाख ३० गते हुने स्थानीय चुनावको लागि अर्घाखाँची सहित देशै भरी म्यादी प्रहरीको छनोट प्रक्रिया चलिरहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close